जनकपुर– बलात्कार मुद्दामा फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका ३ बस्ने २२ वर्षीय रविन्द्र यादव रहेको छ।
यादवमाथि २०७५ असोज ११ गते विष्णुपुर ३ की १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप रहेको छ। घटनापछि फरार रहेका यादवलाई इलाका प्रहरी कार्यालय विष्णुपुरबाट खटि गएको प्रहरी टोलीले बिहीबार पक्राउ गरेको हो।
यादवलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिराहा पठाइएको डिएसपी दानबहादुर थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।