जनकपुर– धनुषाको औराही खोलाबाट मापदण्ड विपरित गिट्टी बालुवा उत्खनन भइरहेको स्थानीयले बताएका छन्।
क्षीरेश्वरनाथ नगरपालिका–७ औरही खोलामा मापदण्ड विपरित बालुवा गिट्टी उत्खनन भएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरले रोक लगाएको छ।
खोलाको छेउमै रहेको क्षीरेश्वर बालुवा गिट्टी प्रशोधन उद्योगको ट्याक्टर र स्काइभेटरलाई नियन्त्रमा लिई नगरपालिकालाई बुझाइएको प्रहरी निरिक्षक अमृत कुमार दहालले जानकारी दिए।
खोलाबाट अवैध रुपमा ग्राभेल तथा ढुंगा उत्खनन गरी चोरी निकासी हुँदा स्थानीय जनता चिन्तित बनेका थिए।
प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा सम्बन्धित निकायबाट अनुमति लिनु पर्ने कानुनी प्रावधान छ। सरकारले चुरे क्षेत्रबाट अवैध तरिकाले ग्राभेल, ढुंगा, बालुवा उत्खननमा रोक लगाएको छ।
अवैध रुपमा ग्राभेल तथा बालुवा गिट्टी उत्खनन् भइरहँदा पनि सम्बन्धित निकायले रोक्न खासै चासो नराखेको वडा नं.७ का अध्यक्ष रामकिसुन यादवले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।