डडेल्धुरा- डडेल्धुराकाे सदरमुकाम बगरकोटकाे एक हाेटलमा आगलागी भएकाे छ।
जिल्लाकाे अमरगढी, ५ बगरकोटरोडस्थित जितबहादुर तमोलीको होटेलमा आगलागी हुँदा साढे ६ लाख रूपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरीका कार्यालय डडेल्धुराले जनाएको छ।
बुधबार राति साढे ११ बजे होटेलको भट्टीबाट आगोको झिल्को उडेर काठ र जस्ताले छाएको छानामा परी आगलागी भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायव निरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।
करिब २ घण्टापछि अमरगढी नगरपालिकको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रमा लिइएको थियो।
आगलागीबाट होटेल पूर्ण रुपमा जलेको छ। आगलागीमा परी होटेलका सबै समानहरु जलेर नष्ट भएको छ।
एक सता पहिले डडेल्धुराकै एक पसल आगलागी हुँदा करिब २० लाख बराबरकाे क्षति भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।