भैरहवा– रुपन्देहीको मर्चवारी गाँउपालिकामा गाँउपालिका केन्द्र सार्ने विषयमा विवाद देखिएको छ।
गाँउपालिकाको बोर्ड बैठकले हाल कार्यालय रहेको मर्चवारी– ३ रायपुरबाट वडा नम्बर–४ छैरामा सार्ने निणय गरेको थियो। उक्त निर्णयको विपक्षमा स्थानीय उभिएका छन्।
कार्यालय सार्ने विषयमा असन्तुष्ट वडा नम्बर १, २ र ३ का स्थानीयले बिहीबार कार्यालय घेराउ गर्दै तालाबन्दीसमेत गरेका छन्।
संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयले गाउँपालिकाको केन्द्र रायपुरमा तोकेको छ। हालसम्म रायपुरबाटै काम कारबाही हुँदै आएको छ।
बोर्डले गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्यालय तालबन्दी गरी भवन अगाडिको सडकमा टायर बालेर बिरोध प्रर्दशन गरिरहेको स्थानीय कनैया वनियाले जानकारी दिए।
गाउँपालिकाका अध्यक्ष केशव नन्दन वनियाले भवन धेरै सानो भएकाले केन्द्र सार्ने निर्णय गरेको बताए।
'व्यवस्थित ढंगले कार्यालय सञ्चालन गर्नका लागि भवन बनाउने ठाउँ खोजिरहेका थियौं। बोर्डको बहुमतले ४ नं. वडालाई छनोट गरेको हो,'अध्यक्ष बनियाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।