काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजनाको काम अघि बढाउन कुनै समस्या नरहेको दाबी गरेका छन्।
प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको काममा अन्योलता छाएको नठान्न पनि सबैलाई आग्रह गरे।
उनले आयोजनाको कामले एक वर्षयता तीव्रता लिएको उल्लेख गर्दै समयमै पूर्णता पाउने विश्वास व्यक्त गरे।
बिहीबार ललितपुरको बालकुमारीमा ‘फोहर पानी प्रशोधन केन्द्र’को शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘२७ वर्ष चिप्ले किराको गतिमा अघि बढेको आयोजनाको काम एक वर्षयता जापानिज कार चिल्लो सडकमा दौडिएको जसरी दौडिएको छ। अहिले अलिकति गतिरोध आए पनि त्यसलाई समयमै पूर्णता दिन सरकार प्रतिवद्ध छ।’
उनले मेलम्ची खानेपानी आयोजनाको काम जुनसुकै परिस्थितिमा पनि अघि बढाउन सरकार तयार रहेको पनि स्पष्ट पारे।
कार्यक्रममा प्रधानमन्त्री ओलीले बागमती नदीलाई नुहाउन मिल्ने गरी पुरानै अवस्थामा परिणत गर्नेसमेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।