काठमाडौं– चौतारी लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपिओ) को कारोबार सुरु भएको छ।
नेपाल स्टक एक्चेन्ज (नेप्से)ले चौतारीको सेयर कारोबारका लागि १ सय ११ रुपैयाँ ८८ पैसा देखि ३ सय ३५ रुपैयाँ ६५ पैसासम्मको ‘ओपन रेन्ज’ दिएको छ। सेयर कारोबारका लागि यस लघुवित्तले ‘सीएचएलबीएस’ संकेत पाएको छ।
चिलिमे हाइड्रोपावरको सेयर मूल्य समायोजन
बिहीबार चिलिमे हाइड्रोपावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ। नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो।
कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले ५ सय ६२ रुपैयाँ ५० पैसा तोकेको छ भने आधारभूत मूल्य ७ सय ३७ रुपैयाँ ७५ पैसा दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।