काठमाडौं– काठमाडौंका सडकमा रात बिताउने असहाय महिला, बालबालिका तथा वृद्धवृद्धाको उद्धार सुरु गरिएको छ। चिसोका कारण सडकमा रात बिताउन बाध्य असहायहरूको ज्यान जान थालेपछि महानगरीय प्रहरी परिसर काठमाडौंले विभिन्न संघसंस्थाको सहयोगमा उद्धार तथा पुनर्स्थापना अभियान सुरु गरेको हो।
मंगलबारबाट सुरु गरिएको यो अभियानमा कालिमाटी, स्वयम्भूर सितापाइला क्षेत्रबाट ७ जना असहायको उद्धार गरिएको परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। उद्धार गरिएका व्यक्तिहरूलाई हिमालय वृद्धाश्रम गोंगबुमा राखिएको छ।
उनीहरुलाई चिसोबाट बच्न लताकपडा समेत वितरण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।