काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथिको घेराबन्दी अझै नसकिएको बताएका छन् । साथै, उनले ठूला र बलियाहरूले बलजफ्ती गर्छ भने त्यसलाई प्रतिवाद गर्नुपर्ने पनि बताए ।
सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित केन्द्रीय सदस्यहरूको शपथ समारोहलाई सम्बोधन गर्ने क्रममा उनले अगाडिका चुनौतीहरूको सामना गरेर अघि बढ्नुपर्ने बताए ।
‘लोकतन्त्र मासिएको छ । स्वाधिनता स्वतन्त्रता कमजोर बनाइएको छ । यी चिजको पुनप्राप्ति गर्नु अनिवार्य शर्त हो । हामी यसको पुनप्राप्तिका लागि बलजफ्ती दमन गरिन्छ भने त्यसलाई अस्वीकार गरेर प्रतिवादमा उत्रिन्छौं । जुन विगतमा पनि गरेका हौं र अहिले पनि गर्नुपर्ने हुन्छ,’ ओलीले भने ।
साथै, उनले निहत्था जनतालाई हतियार र संगठित बलमा दबाइयो भने त्यसमा जनताले प्रतिवाद गर्नुपर्ने बताए ।
‘सबै सत्यको बाटो, न्याय र मानवताको बाटो सबै सुरक्षित, सबै सुखी र सबै सम्पन्न होऔं । त्यसका निम्ति समाजमा शान्ति चाहियो । हामी फेरि त्यही मात्रै जपिरहन्छौं भन्ने होइन । यदि शान्तिका लागि आन्दोलन गर्नुपर्यो, निहत्था जनतालाई हतियार र संगठित बलमा दबायो भने त्यसमा जनताले प्रतिवाद गर्नुपर्ने हुन्छ । हामी त्यसलाई आन्दोलन भन्छौं,’ उनले भने, ण्àआगो लाउनु, लुटपाट गर्नु आन्दोलन होइन । आन्दोलन भनेको ठूलो र बलियोले कमजोरलाई बलजफ्ती गर्छ भने त्यसको प्रतिवाद गर्नुमात्रै आन्दोलन हो ।’
अब आउन लागेको निर्वाचनमा पनि आफूहरूविरुद्ध घेराबन्दी हुने उनले बताए ।
‘यस निर्वाचनमा हामी विरुद्धको घेराबन्दी सकिएको छैन । घेराबन्दी चालु छ । ७७ सालमा हाम्रा विरुद्ध सानो घेराबन्दी होइन । ०७९ सालमा सानो घेराबन्दी होइन । ०७७ सालमा हाम्रो पार्टी नै कब्जा गरेर घेराबन्दी गरियो,’ उनले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।