नयाँ दिल्ली (एजेन्सी)– भारतको राजधानी नयाँ दिल्लीमा यस्तो एउटा चोर पक्राउ परेका छन्, जसले पुलिसबाट बच्न प्लास्टिक सर्जरी गरेका थिए।
कुणाल उर्फ तनुज नाम गरेका ३५ वर्षीय यी कार चोरलाई प्रहरीले नेहरु प्लेस मेट्रो स्टेशन नजिकैबाट पक्राउ गरेको हो।
पुलिसले दक्षिणपूर्वी दिल्लीमा उनका २ सहयोगीलाई पक्राउ गरेपछि उनीहरुकै सुराकीको आधारमा समातेको थियो।
पुलिस अपायुक्त रोमिल बानियाँका अनुसार कुणालले प्रहरीबाट जोगिन २०१२–१३ मा प्लास्टिक सर्जरी गराएका थिए। यसअघि उनको नाम पुलिस रेकर्डमा तनुजको नामले दर्ता थियो।
उनीमाथि दिल्ली र नजिकैको राज्यमा वाहन चोरीको ६२ भन्दा अधिक मुद्धा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।