काठमाडौं- एकैदिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ५ कम्पनीको सेयर मूल्य समायोजन गरेको छ।
मंगलबार एक वाणिज्य बैंक, दुई विकास बैंक, एक माइक्रोफाइनान्स र एक इन्भेष्टमेन्ट कम्पनी गरी ५ कम्पनीको सेयर मूल्य समायोजन गरेको हो।
सिटिजन्स बैंक र इन्टरनेसनल बैंकको सेयर मूल्य समायोजन भएको छ। नेप्सेले बैंकको ३ दशमलव ६ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो। बैंकको समायोजनपछिको मूल्य नेप्सेले २ सय १० रुपैयाँ ४२ पैसा तोकेको छ भने आधारभूत मूल्य ३ सय २ रुपैयाँ २१ पैसा दिइसकेको छ।
सांग्रिला डेभलपमेन्ट बैंकको ४ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ। समायोजनपछिको मूल्य १ सय ४३ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ। जसको आधारभूत मूल्य १ सय ८६ रुपैयाँ १३ पैसा थियो।
यता, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको १ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ। समायोजनपछिको मूल्य नेप्सेले १ सय २० रुपैयाँ ७९ पैसा तोकेको छ। जसको आधारभूत मूल्य १ सय ७४ रुपैयाँ ४० पैसा रहेको छ।
मंगलबार नै नेप्सेले समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको २३ दशमलव ५३ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो। समायोजनपछिको मूल्य ७ सय ३९ रुपैयाँ ९० पैसा र आधारभूत मूल्य ११ सय ५७ रुपैयाँ ९५ रहेको छ।
हाइड्रो इलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको सेयर मूल्य पनि समायोजन भएको छ। कम्पनीको १० प्रतिशत बोनस सेयरपछिको मूल्य नेप्सेले समायोजन गरेको हो। समायोजनपछिको मूल्य नेप्सेले १ सय ५४ रुपैयाँ ५५ पैसा तोकेको छ भने आधारभूत मूल्य १ सय २७ रुपैयाँ २७ पैसा दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।