टोकियो (एजेन्सी)– जापानको प्रधानमन्त्री पदमा पुनः शिन्जो आबे निर्वाचित भएका छन्। आइतबार जापानमा सम्पन्न मध्यावधि चुनावमा उनको पार्टी लिबरल डेमोक्रेटिक पार्टी (एलडिएफ) गठबन्धनले अभूतपूर्व जित हात पार्यो।
उनले नेतृत्व गरेको गठबन्धले तल्लो सदनमा दुई तिहाई बहुमत प्राप्त गरेको छ। सन् २०१२ मा पहिलो पल्ट सत्तामा आएका आबे आक्रामक अर्थ व्यवस्थाका लागि चिनिन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।