काठमाडौं- एनआईसी एसिया बैंकले एकैपटक ६ सय कर्मचारी माग गरेको छ।
बैंकले आइतबार सूचना जारी गरी ६ सय कमर्चारी आवश्यक भएकाले आवेदन माग गरेको हो।
बैंकले उपत्यकाभित्र र बाहिरका शाखामा काम गर्नको लागि नयाँ कर्मचारी माग गरेको हो।
बैंकले विभिन्न ५ पदका लागि नयाँ आवेदन खुला गरेको हो। बिजनेश भर्टिकल, सपोर्ट सर्भिस भर्टिकल, कन्ट्रोल भर्टिकल र चार्टर्ड एकाउन्टेन्ट पदमा एक-एक सय जना कर्मचारी माग गरेको हो। यसैगरी हस्पिटालिटी सर्भिसतर्फ भने २ सय जना कर्मचारी माग गरेको हो।
यी सबै पदमा आगामी फेब्रुअरी १ सम्म अनलाइन मार्फत आवेदन दिन सकिने बैंकले जनाएको छ।
बैंकको विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।