लन्डन – इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले लिभरपुललाई फराकिलो अन्तरले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा टोटनह्यामले ४–१ गोलको सानदार जित हात पारेको हो।
ह्यारी केनले चौथो मिनेटमा गोल गरेर टोटनह्यामलाई अग्रता दिलाए। १२ मिनेटमा सन हेउङ मिनले केनको क्रसमा अग्रता दोब्बर पारेका थिए। २४ मिनेटमा लिभरपुलले गोल फर्काउँदै खेलमा फर्कने कोशिस गर्यो। जोर्डन हेन्डर्सनको क्रसमा मोहमद सलाहले गोल गरेर खेललाई २–१ मा ल्याए ।
पहिलो हाफको इन्जुरी टाइममा डेल अलीले टोटनह्यामका लागि तेस्रो गोल गरे। अलीले १८ यार्ड टाढाबाट भलि सार्टमार्फत सुन्दर गोल गरे।५६ मिनेटमा केनले रिबाउन्डमा गोल गरेर टोटनह्यामलाई ४–१ ले अघि बढाए।
अर्को खेलमा आर्सनलले एभर्टनलाई ५–२ ले पराजित गरेको छ। आर्सनलका लागि मोनरियल, मेसुट ओजिल, लाकाट्जेटे, आरोन राम्से र एलेक्सिस सान्चेजले गोल गरे।
एभर्टनका लागि वाइन रुनी र निसेले गोल गरेका थिए । खेलमा एभर्टनका गुएइले रातो कार्ड पाएका थिए।
लिगमा नवौ चरणको खेलमा सकिदा पहिलो स्थानको म्यानचेस्टर सिटीको २५, दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको २०, तेस्रो स्थानको टोनटह्यामको पनि २०, चौथो स्थानको चेल्सीको १६ र पाँचौ स्थानको आर्सनलको पनि १६ अंक नै छ। लिभरपुल १३ अंक जोडेर नवौं तथा एभर्टन ८ अंक जोडेर १८ औं स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।