फ्लोरिडा (एजेन्सी)– अमेरिकाको फ्लोरिडास्थित सेन्ट पिटर्सबर्गको व्यस्त सडकमा सानो विमानलाई आपतकालिन अवस्थामा उतारिएको छ। सडकमा विमानलाई ‘इमर्जेन्सी ल्यान्डिङ’ गर्नु परेका कारण केही कार नोक्सान भएको छ।
तर, यो घटनामा कसैको ज्यान नगएको स्थानीय प्रहरीले जानकारी दिएको छ। यो रोचक घटना सिसीटिभी फुटेजमा कैद भएको छ। घटना बुधबार दिउँसोको थियो। न्युज ८ को रिपोर्टअनुसार घटना लगत्तै ३ जनालाई तत्कालै अस्पतालमा भर्ना गरिएको थियो। एक जनाको भने घटना स्थलमा सामान्य औषधी उपचारपछि घर पठाइएको थियो।
पुरै घटना स्थानीय एक कपाल काट्ने सैलुनको सिसीटिभी क्यामेरामा रेकर्ड भएको थियो। दि जोस बार्बर स्टुडियोले २० अक्टुबरमा फेसबुकमार्फत घटनाको तस्बिर सार्वजनिक गरेको थियो।
विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा २ जना मात्र यात्रु थिए। सेन्ट पिटर्सबर्ग प्रहरी विभागले ट्विटरमार्फत घटनाको पुष्टी गर्दै ‘इमर्जेन्सी ल्यान्डिङ’को समय विमान दुई वटा कारमा ठोक्किन पुगेको बताएको छ। प्रहरीले घटनास्थलको भिडियो पनि शेयर गरेको छ।
दुई वटा इन्जिन भएको सेसन ४०२ विमान कसरी सडकमा झार्नु पर्यो भन्ने कुरा अझै सार्वजनिक भएको छैन्। तर, पाइलटको भने तारिफ भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।