भैरहवा- सिद्धार्थनगर रुपन्देही स्थित डन्डा खोलामा दुई बालकसहित एक महिलाको शव फेला परेको छ। डेढ वर्ष र ५ वर्षका बालक सहित उनीहरुकी आमाको शव भेटिएको रुपन्देही प्रहरीले जनाएको छ।
गत शुक्रबारदेखि हराइरहेका उनीहरुलाई आइतबार डन्डा खेलामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिए। पहिला डेढ वर्षका बालकको शव भेटिएको त्यसपछि उनकी आमा र अर्का छोराको शव भेटिएको ज्ञवालीले जनाए।
भारतको नौतनहवा स्थित माईतबाट घर फर्कने क्रममा छोराहरुलाई पहिला डन्डा खोलामा फालेर आफूले पनि खोलामा हामफली आत्महत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ। मृतक महिलाका श्रीमान् लागू औषध दुर्व्यसनी रहेको र घरायसी तनावका कार उनले छोराहरुसहित आत्महत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ। यद्यपि, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिए।
मृतक तीनै जनाको शव पोस्टमार्टमका लागि भीम अस्पतालमा लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।