भैरहवा– नेपालबाट तेल लिन गएको ट्यांकरले भैरहवा नाका पारि भारतको महाराजगन्ज जिल्लाको सुनौलीमा साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएपछि आक्रोशित समूहले ट्यांकरमा आगजगी गरेका छन्।
सोमबार दिउँसो लु१ख ७३३० नम्बरको खाली ट्यांकरले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्रीको घटनास्थलमै मृत्यु भएको थियो। त्यसलगत्तै आक्रोशित समूहले चालकलाई कुटपिट गरी ट्यांकरमा आगो लगाइदिएका थिए।

रुपन्देही प्रहरीका एसपी श्याम ज्ञवालीले घटनाबारे पुष्टि गर्दै भने, 'ट्यांकरमा आगो लागेको समाचार पाउनासाथ दमकल पठाएर आगो नियन्त्रणमा लिइयो। ट्यांकर खालि भएकाले ठूलो क्षति हुन पाएन।' उनले दुर्घटनामा मृत्यु भएका व्यक्तिको सनाखत भइनसेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।