काठमाडौं- सरकारले बिमा प्रदायक कम्पनीहरुलाई बिनास्विकृति गाडी खरिद गर्न र विदेश भ्रमणमा जान रोक लगाएको छ।
बिमा कम्पनीबीच गाडी खरिद र विदेश भ्रमणमा होडबाजी सुरु हुन थालेपछि कडाइ गर्ने नीति ल्याइएको हो। ‘अब बिमा कम्पनीले गाडी खरिद गर्न र विदेश भ्रमण जान बिमा समितिबाट स्विकृत लिनुपर्नेछ,’ समितिका कार्यकारी निर्देशक राजुरमन पौडेलले भने, ‘समितिमा पनि यो नियम लागू हुन्छ। हामीले फजुल खर्चलाई रोक्न यो नियम ल्याएका हौं।’
अहिले बिमा कम्पनीहरुले आफ्ना अभिकर्ता तथा कर्पोरेट क्लाइन्टहरुलाई विदेश घुम्न लैजाने गरेको छन्। यसलाई व्यवस्थित गर्न यो व्यवस्थाले सहयोग पुर्याउने उनले जानकारी दिए।
बिमा समितिले शोधनान्तर घाटा ५७ अर्ब रुपैयाँमाथि पुगेपछि आयात कम गर्न यस्तो नीति ल्याएको हो। कात्तिक मसान्तसम्ममा आयात वृद्धि ३५ दशमलव ८ प्रतिशतले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।