• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

निर्मला हत्या प्रकरण : घटनास्थलमा भेटिएको सर्टको गोजी प्रहरीले नै च्यातेको हो?

64x64
नारायण अधिकारी शुक्रबार, पुस १३, २०७५  ०६:५०
1140x725

काठमाडौं– घाँटीमा काँडो बिझ्यो भने कस्तो होला? न घाँटीबाट भित्र जान सक्छ न बाहिर निस्कन। निर्मला पन्त हत्या प्रकरण प्रहरीका लागि यस्तै भएको छ। 

सामान्य कुरालाई प्रहरी अधिकारीले बुझाउन नसक्दा र आम नागरिकले ‘रे’ को भरमा धारणा बनाउँदा प्रहरी संगठनमाथि चौतर्फी प्रहार भइरहेको छ।

निर्मला हत्या प्रकरणमा प्रहरीले सुरुमै निर्मलाको शव पखालेर प्रमाण नष्ट गरेको थियो। त्यसपछि प्रहरीमाथि अर्को आरोप लाग्यो– दीलिपसिंह विष्टको सर्टको गोजी च्यातेर घटनास्थलमा राखियो। सोही प्रमाणको आधारमा विष्टलाई नक्कली अभियुक्त खडा गरियो। 

आरोप नै पुष्टि नभई विष्टलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिनु लगायतका गतिविधिले अहिले सिंगो प्रहरी संगठन चौतर्फी आलोचनाबाट घेरिएको छ। 

घटनाको सूक्ष्म विश्लेषण नगर्नु, आलोचनात्मक तरिकाले घटनालाई नहेर्नु र ‘रे’ कै भरमा केही सञ्चारकर्मीले समेत धारणा बनाएर समाचार सम्प्रेषण गर्दा प्रहरी आलोचनामा फसेको एक पूर्व प्रहरी अधिकारी बताउँछन्।

‘बाहिर जे  हल्ला आउँछ त्यसकै आधारमा धारणा बनेको देखिन्छ। घटनालाई एउटा कोणबाट मात्रै हेरेको पाइयो,’ उनले थपे, ‘प्रहरी नेतृत्वले समेत घटनालाई आलोचनात्मक तरिकाले हेरेको देखिँदैन।’

त्यसो त वर्षौंअघि भएका कतिपय पुराना घटनाका दोषीसमेत अहिलेसम्म पत्ता लाग्न सकेका छैनन्। तर, त्यसप्रति प्रहरीको आलोचना भएको छैन। जति निर्मलाको केसमा भएको छ। 

घटनास्थलमा राखिएको सर्टको गोजी दीलिपसिंह विष्टकै थियो? सोही प्रमाणको आधारमै उनलाई दोषी करार गर्नतिर प्रहरी लागेको थियो?

Ncell 2
Ncell 2
nimb
nimb

यो आरोपले प्रहरीको पिछा छाडेको छैन।

अपराध अनुसन्धानका विज्ञ एक पूर्व डिएसपी भन्छन्, 'अब यसको ठोस विश्लेषण गर्नुपर्ने बेला आएको छ।'

सर्टको गोजी प्रहरीले नै च्यातेको हो?
निर्मलाको हत्या भएको तीन दिनपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट डिएसपी अंगुर जिसीको कमाण्डमा एक टोली अनुसन्धानमा कञ्चनपुर पुग्यो। जतिबेला शव जलाइसकिएको थियो। उक्त टोलीले प्रमाण स्वरुप निर्मलाको भेजाइनल स्वाबलाई जाँचका लागि काठमाडौं पठायो। जहाँ पुरुषको शुक्रकीट सुरक्षित भएको नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा प्रमाणित भयो।

यसबीच प्रहरीले कञ्चनपुरकै स्थानीय चक्र बडूलाई पक्राउ गरेर डिएनए परीक्षणका लागि पठायो। डिएनए नमिलेपछि उनी छुटे। 

Xtrem

Xtrem

घटना भएको २५ दिनपछि भदौ ४ गते स्थानीय दिलीपसिंह विष्ट पक्राउ परे।

अभियुक्त तत्काल सार्वजनिक गर्नुपर्ने स्थानीयको दबाबकै बीच विष्टले बयानमा अपराध स्वीकार गरेको भन्दै प्रहरीले उनलाई सार्वजनिक गर्‍यो। ‘विष्टले हत्या गरेको स्वीकार गर्नु र उसले भने अनुसार घटनाक्रम मिलेपछि हामी ढुक्क थियौं,’ अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘अभियुक्त सार्वजनिक गर्नुपर्ने दबाब भएपछि म्याद थप गरिएका अभियुक्तका बारेमा जानकारी गराइएको हो।’

प्रहरीले त्यसबेला सिआइबीका तत्कालीन प्रमुख डिआइजी नारायणसिंह खड्काकै निर्देशनमा अभियुक्त सार्वजनिक गरिएको थियो। विष्टलाई सार्वजनिक गर्ने बेलाको प्रेस विज्ञप्तिसमेत डिआइजी खड्काले पटकपटक सम्पादन गरेको अनुसन्धानमै खटिएका एक प्रहरीले बताए।

विष्टलाई सार्वजनिक गरेपछि नै स्थानीयले नक्कली अभियुक्त खडा गरेको भन्दै आन्दोलन चर्काए। पछि विष्टको डिएनए नमिलेपछि प्रहरी थप विवादमा मुछियो। उनी भदौ २६ गते रिहा भए। 

प्रहरीले नक्कली अभियुक्त खडा गरेको भन्दै स्थानीय झनै आक्रोशित भए। डिएनएले स्थानीयको आन्दोलनलाई प्रमाणित गरिदियो। 

डिएनए नमिलेपछि दीलिपसिंह विष्टलाई फसाउन सर्टको गोजी च्यातेर  घटनास्थलमा राखिएको चर्चा पनि चल्यो।

किन सार्वजनिक गर्नुपर्‍यो नक्कली अभियुक्त?

घटनाको सामान्य विश्लेषण गर्ने हो भने पनि केही दिनमै थाहा हुने 'केटाकेटी पाराको काम' कसैले नगर्ने एक पूर्व प्रहरी अधिकारी बताउँछन्। ‘मानौं प्रहरीले नक्कली अभियुक्त खडा गर्न खोजेछ रे। सबैभन्दा बलियो प्रमाण डिएनए त सुरक्षित छ,’ उनले भने, ‘गोजी च्यातेर नक्कली अभियुक्त खडा गर्ने। त्यही अभियुक्तको डिएनए परीक्षण गर्न पठाउने र नक्कली हो डिएनए मिल्दैन भन्ने आफैंलाई थाहा हुँदाहुँदै कसैले यस्तो काम गर्छ?’

नक्कली अभियुक्तको डिएनए मिल्दैन भन्ने कुरा केही दिनमै थाहा हुने भएकाले अनुसन्धान अधिकारीले भने आफैं फस्नेगरी यस्तो काम नगर्ने अनुसन्धान विज्ञ बताउँछन्। एक पूर्व अधिकारी भन्छन्, ‘पछिल्लो समय प्रदीप रावलले स्वीकार गरेजस्तै विष्टले पनि स्वीकार गरेको हुनुपर्छ। हत्यारा सार्वजनिक गर्नुपर्ने चौतर्फी दबाब भएपछि बयानकै आधारमा अभियुक्त सार्वजनिक गर्नुबाहेक यो घटनामा अन्य कुनै कारण छ जस्तो मलाई लाग्दैन।’

एआइजी धीरु बस्न्यातले बुझाएको प्रतिवेदनमा 'एक प्रहरीले दीलिपसिंह विष्टको गोजी च्यातेको बताएका छन्। अर्का दुई जना प्रहरीले भने गोजी नच्यातेको बयान दिएका छन्' भनिएको छ। भलै गोजी विष्टकै भएको र प्रहरीले नै च्यातेको भन्ने आधिकारिक प्रमाण भने अहिलेसम्म खुलाइएको छैन।

विष्टको सर्टमा खल्ती नहुनु र घटनास्थलमा एउटा सर्टको टुक्रा फेला पर्नुलाई नै गोजी च्यातिएको रुपमा लिइएको छ। यसमा टोलीले थप क्रसचेक गरेको छैन।

कसैले अपराध गर्छ भने त्यसको पछाडि पनि केही न केही मोटिभ (कारण) हुन्छ नै। प्रहरीले विष्टलाई फसाउन खोजेको भए त्यसपछाडिको कारण चाहिँ के त? 

१८ जना प्रहरीलाई दोषी देखाएको एआइजी बस्न्यातको टोलीले आइजिपी सर्वेन्द्र खनाललाई बुझाएको प्रतिवेदनले त्यसको कारणबारे भने उल्लेख गर्न सकेको छैन।

कारण खोज्दै एआइजी बस्न्यातको टोलीले अनुसन्धानमा खटिएका प्रहरीको बैंक अकाउन्ट, मोबाइल म्यासेज, कल डिटेल र सामाजिक सञ्जालसमेत जाँच गर्दा पनि कुनै क्लु भेट्टाएन। 

सुरुमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले दीलिपसिंह विष्टलाई फसाउन खोजेको थियो भने जोगाउन चाहिँ कसलाई खोजियो? 

त्यसको जवाफ खोज्दै एसपी दिल्लीराज विष्ट, उनका छोरा आयुष, महेन्द्रनगरका मेयरका भतिज समेतको डिएनए परीक्षण गरियो। त्यसबाट पनि प्रहरीले कारण पत्ता लगाउन सकेन।

बिनाकारण अनुसन्धानमा खटिएका प्रहरीमाथि अझै आरोप लागेको छ, ‘भिआइपी हत्यारा जोगाउन दीलिपसिंह विष्टलाई सार्वजनिक गरियो।’

'मोटिभ'को एउटा उदाहरण
राजधानीमै गत भदौ ३ गते पूर्वराजदूत केशवराज झाको हत्या भयो। झाकै घरमा बसेका पाले सानुकान्छा तामाङ, माली आइतसिंह तामाङ र भान्छे जयबहादुर तामाङ पक्राउ परे। 

अनुसन्धान र पोलिग्राफ टेस्टबाट झाको हत्या सानुकान्छाले गरेको प्रहरीले निष्कर्ष निकाल्यो। हत्या सानुकान्छाले नै गरेका भए किन गरे त? यसको मोटिभ प्रहरीले पत्ता लगाउन सकेन। 

‘सानुकान्छाले नै हत्या गरे रे। तर हत्यापछाडिको मोटिभ चाहिँ के त? हत्या गरेर केही लुटिएको समेत छैन। हत्याको मोटिभ नै पत्ता लाग्न नसकेको अवस्थामा यही नै हो भन्न सक्ने अवस्था पनि छैन,’ झा हत्याको अनुसन्धानमा खटिएका एक प्रहरी भन्छन्, ‘तर उनीमाथिको संका ९० प्रतिशत छ। प्रमाण छैन।’

यदि सानुकान्छाले नै हत्या गरेका भए किन गरे? हत्याको कारण के? हत्यापछि किन उनले झाको साथमा रहेको रकम समेत लगेनन्? जस्ता प्रश्नको उत्तर पाउन नसकेपछि प्रहरीले उनलाई छाडेको थियो। 

त्यस्तै, प्रहरीले सुनियोजित रुपमा नक्कली अभियुक्त खडा गरेको भए किन गर्यो? कसैलाई जोगाउन मोटो रकम लिइयो कि? वा अनुसन्धानमा खटिएका प्रहरीकै कसैका आफन्त पो अपराधमा संलग्न थिए कि? घटना लुकाउन कतैबाट प्रहरीलाई दबाब भएर सुनियोजित रुपमा नक्कली अभियुक्त खडा गरिएको हो कि?

यी प्रश्नको जवाफ अहिले कसैसँग छैन। मोटिभ नै पत्ता नलागेको आरोपको दाग अहिले प्रहरीले भोग्नुपरेको छ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०७५  ०६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
दसैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सक्ने निर्णय मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्