जनकपुरधाम– जलश्रोतको यथोचित व्यवस्थापन हुन सके देश समृद्ध हुने प्रदेशका २ का प्रमुख रत्नेश्वरलाल कायस्थले बताएका छन्।
जल तथा उर्जा आयोग सचिवालय काठमाडौंको सहकार्य तथा लाहमियर इन्टरनेशनलको आयोजनामा जनकपुरधाममा आयोजित कार्यक्रममा उनले जलविद्युत आयोजनाहरूमा जलस्रोतकाे उपयोग गर्न सके देश समृद्ध हुने बताए।
नदीबाट बग्ने पानीलाई ड्याम तथा नहर बनाइ पानीको भण्डारण गरी सुख्खायाममा कृषि जन्य क्षेत्रहरूमा सिँचाईको प्रयाप्त व्यवस्था गर्नुपर्ने उनले बताए।
प्रदेश प्रमुख कायश्थले चुरे क्षेत्रको विनाश रोक्न सके मात्र तराई मधेशको उर्वर भूमि संरक्षित हुने धारणा राखे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।