• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संसदमा सरकारको चर्को आलोचना, निर्मला प्रकरणदेखि वाइडबडीसम्मको मागियो जवाफ

\'पोल-पोलमा सरकार\' भन्दै व्यंग्य
64x64
नेपाल लाइभ बुधबार, पुस ११, २०७५  १९:१९
1140x725

काठमाडौं– बुधबारदेखि सुरु भएको संघीय संसदको हिउँदे अधिवेशनको पहिलो दिन संसदमा सरकारको चर्को आलोचना भएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्ने अधिकांश वक्ताले सरकारको कार्यशैलीमा आपत्ति जनाउँदै आलोचना गरेका हुन्।

प्रमुख प्रतिपक्ष दलका सभापति शेरबहादुर देउवादेखि सरकारलाई सर्मथन गरेका राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोसम्मले सरकारको आलोचना गरे।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकारको बचाउ गर्न खोजेपनि काम गर्न नसकेको कुरा स्वीकार गरे। उनले अहिले अपनाइएको लोकतान्त्रिक प्रणालीका कारण विकासको गति ढिलो भएको टिप्पणी गरे।

‘लोकतान्त्रिक प्रणाली भनेको छिटोछिटो विकास हुने प्रणाली होइन। कम्युनिस्ट पार्टीको परम्परागत शासन हुन्थ्यो भने ड्यामड्याम निर्णय गरेर, त्यो तरिकाले जान पाएको भए अलिकति छिटो विकास हुन्थ्यो। अहिले जे देखिएन भन्ने भएको छ, यस्तो हुँदैनथ्यो। देखिइसक्थ्यो,’ प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले भने।

उनले प्रणाली, कानुन र ब्युरोक्रेसीलाई मिलाउँछौ भन्दाभन्दा झमेला भएको बताए। 'यो प्रणालीमा एक महिनामा हुने काम १५ र २० महिना लाग्छ’, उनले भने। आफ्नो सम्बोधनमा प्रचण्डले संविधान निर्माण र चुनावका विषयमा चर्चा गरेका थिए। उनले सुझबुझपूर्ण ढंगले तीनै तहको निर्वाचन गर्न सफल भएको बताए। उनले आफूहरु देशलाई विकास र समृद्धिको नयाँ यात्रामा अघि बढाउन प्रयत्नशील भएको बताएका छन्।

प्रचण्डले अहिलेका उपलब्धिहरू शिशु अवस्थामा रहेको बताउँदै त्यसलाई सबै मिलेर सफल बनाउनुपर्ने बताए। 'जसले जन्मायो, उसले राम्रोसँग हुर्काएन भने अप्ठ्यारो स्थिति आउन सक्छ’, उनले भने, ‘यसलाई सफल तुल्याउने जिम्मेवारी सत्तापक्षको मात्रै होइन, प्रतिपक्षीको पनि हो।’  

प्रमुख प्रतिपक्षी दलका सभापति देउवाले सरकार सम्झौता गर्ने तर पालना नगर्ने, विवादास्पद कार्य गर्ने र बलात्कारको आरोपी पक्राउ नगर्ने भन्दै आलोचना गरेका थिए।

सरकारले चिकित्सा क्षेत्रको सुधारका लागि डा गोविन्द केसीसँग सम्झौता गर्ने तर कार्यान्वयन नगरेको भन्दै उनले सरकारको विरोध गरे। एसिया प्यासिफिक समिटमा सरकार धर्म प्रचारक संस्थाको आयोजक बनेको भन्दै उनले आपत्ति जनाएका थिए। उनले विपक्षीलाई बेवास्ता गरेर सरकारले एक्लै कुनै काम गर्न नसकिने चेतावनी पनि दिए। देउवाले अध्यादेश ल्याएर कर्मचारीलाई आतंकित पारेको आरोप लगाए।
 
त्यस्तै पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले पनि सरकारको आलोचना गरे।

Ncell 2
Ncell 2
nimb
nimb

सरकार बनेपछि पनि कुनै गुणात्मक परिवर्तन नआएको भन्दै भट्टराईले सरकार पुरानै अवस्थामा रहेको बताए। ‘स्थिर सरकार बन्नु मात्रै ठूलो कुरा होइन’, उनले भने, ‘जनताको जीवनमा के कति परिवर्तन आयो, लोकतान्त्रिक मूल्यमान्यताले कति जरो गाड्यो, विधिको शासन कायम भयो कि भएन, सुशासन र शान्ति सुरक्षा कायम भयो कि भएन जनताले हेर्ने हो। मैले दुखका साथ भन्नुपर्छ, जनताले त्यसो भनेको पाइएन।’

सरकारलाई सर्मथन गरेको राजपाका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले पनि सरकार असफल भएको भन्दै आलोचना गरे।

महतोले सरकारको चर्को आलोचना गर्दै मुलुकमा भेदभावले चरम सीमा नाघ्न लागिसकेको बताए।

निर्मला पन्तका बलात्कारी कहाँ छ भन्दै महतोले सरकारलाई प्रश्न गरेका थिए। उनले संघीयतापछि पनि सरकार प्रभावकारी हुन नसकेको उदाहरण दिँदै भने, ‘टोलटोलमा सरकार पुग्नुपर्ने, पोलपोलमा पुग्यो।’

Xtrem

Xtrem

‘प्रचण्डले भनेजस्तो सबै ठिकठाक छैन। यो संसदमा निवार्चित सांसद बस्नुपर्छ कि पर्दैन?’ आफ्ना नेता रेशम चौधरीको प्रसंग उठाउँदै महतोले भने, ‘प्रचण्डजी तपाईंले १० वर्ष आन्दोलन गर्नुभयो। हजारौं मान्छे शहादत भए। सुरक्षा निकायका कर्मचारी मारिए। कसलाई मुद्दा लाग्यो? को जेलमा छ? जनताबाट निवार्चित रेशम चौधरी जेलमा बस्नुपर्छ? थारु हुँदैमा जेलमा बस्नुपर्ने? यही हो लोकतन्त्र? यसैको लागि लडेका हौं हामी?’

संसदको बोल्दै सरकारमै रहेको संघीय समाजवादी फोरमका राजेन्द्र श्रेष्ठ र स्वतन्त्र सांसद दुर्गा पौडेलले समेत सरकारले गति लिन नसकेको आरोप लगाए। त्यस्तै नेमकिपाका सांसद प्रेम सुवालले पनि सरकार असफल भएको टिप्पणी गरे। प्रधानमन्त्रीले गफ रेल र पानी जहाजको गरेको तर काम केही पनि नगरेको भन्दै उनले सरकारको आलोचना गरेका थिए।

प्रकाशित मिति: बुधबार, पुस ११, २०७५  १९:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए
सम्बन्धित सामग्री
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार बिहान रिजालले आगामी १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिएका हुन्। मंगलबार, असोज २०, २०८३
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण र उमेदवारी दर्ता गर्दैछ । निर्वाचन समितिका सदस्य सचिव... मंगलबार, असोज २०, २०८३
गृहमन्त्रीको चेतावनी– सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन गृहमन्त्री सुदन गुरुङले आफ्नो मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कुनै पनि पदाधिकारी वा कर्मचारीले गोप्य तथा संवेदनशील सूचना अनधिक... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला मंगलबार, असोज २०, २०८३
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए मंगलबार, असोज २०, २०८३
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व मंगलबार, असोज २०, २०८३
गृहमन्त्रीको चेतावनी– सूचना चुहाउनेलाई उन्मुक्ति हुँदैन मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
घट्यो सुनको मूल्य सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्