जनकपुर– जनकपुरधामकाे मुसहरी टोलमा बस्ने दलितबस्तीका बासिन्दाहरूलाई शौचका लागि खुल्ला मैदानमा जानुपर्ने बाध्यता अब हटेको छ।
नेपाली सेनाले दलितबस्तीका लागि शौचालय निर्माण गरिदिएपछि शौचको लागि खुल्ला मैदानमा जानुपर्ने बाध्यता हटेको हो।
बस्तीमा बस्दै आएका करिब ५ सय दलित परिवारका लागि नेपाली सेनाले पहिलो चरणमा तीनवटा शौचालय र खानेपानीका लागि एउटा चापाकलको व्यवस्था गरिदिएको छ।
नेपाली सेनाले आफ्नै श्रम र पैसा खर्च गरेर गुठी संस्थानले उपलब्ध गराएको जग्गामा उनीहरुका लागि शौचालय निर्माण गरेको हो।
सेनाले शौचालय र खानेपानीको बन्दोबस्त गरिदिएपछि त्यहाँ बस्ने दलित समुदायमा खुसी छाएको छ।
बस्तीका महेन्द्र सदाले भने, ‘नेपाली सेनाले हामीलाई ठूलो उपहार दिएको छ, अबदेखि हामीलाई शौचका लागि खुल्ला मैदान प्रयोग गर्ने बाध्यता सकिएको छ।’
नेपाली सेना मध्यपूर्वी पृतना हेडक्वार्टरको २ लाख ३० हजारको आर्थिक सहयोगमा गोरखनाथ गणको प्रयासमा सार्वजानिक शौचालय र खानेपानीको निमार्ण गरी दलित बस्तीका लागि आज हस्तान्तरण गरिएको हो।
पहिलो चरणमा तीनवटा शौचालय निर्माण गरिएको र निकट भविष्यमै दलित वस्तीका लागि थप शौचालय निर्माण गर्ने योजना रहेको वडा अध्यक्ष साहले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।