जनकपुर– महोत्तरीमा दूधको गाडीमा किच्चिएर एक डेढ वर्षीया बालिकाको मृत्यु भएको छ।
बर्दिवास नगरपालिका–९ पशुपतिनगरमा आइतबार बिहान ना १ च ९७२८ नम्बरको गाडीले किच्चिएर बालिकाको मृत्यु भएको प्रहरी चौक बर्दिवास ७ चौलिखाका इन्चार्ज राम ज्ञान बहादुर थिङले बताए।
मृत्यू हुनेमा स्थानीय राजकुमार महतोको डेढ वर्षीया छोरी आरती कुमारी महतो रहेकी छन्।
विजय दूध डेरीको पिकअप भ्यानबाट दैनिकी रुपमा दूध संकलनका लागि गएको बेला दुर्घटना भएको बताइएको छ।
आमा दूध दिनलाई व्यस्त भएको बेला बालिका गाडीको मुनि गएर खेल्न थालेकाे बेला गाडी चलाउँदा दुर्घटना भएकाे स्थानीयले बताए।
प्रहरी चौक बर्दिवास ७ चौलिखाका ईन्चार्ज राम ज्ञान बहादुर थिङका अनुसार बालिकाको गाडी मुनि खेल्न पुगेका बालिकाको किच्चिएर मृत्यु भएको हो ।
गाडि र चालकलाई इलाका प्रहरी कार्यालय बर्दिवासले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।