राजविराज– लागुऔषधसहित सप्तरीमा ३ युवक आइतबार पक्राउ परेका छन्।
बाग्लुङ कोढेकोला गाउँपालिकाका २१ वर्षीय निलसु मगर, छिन्नमस्ता गाउँपालिका ३ का २० वर्षीय मोहमद इसराइल र १९ वर्षीय करण यादव पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
उनीहरूको साथबाट ४ सय १७ थान नाइट्राभेट ट्याबलेट बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीहरूको विषयमा थप अनुसन्धान भइरहेको एसपी राजेन्द्र विष्टले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।