विराटनगर– इलामको सूर्योदय नगरपालिका ५ ओरेन्जीभ्यालीमा आगलागी हुँदा १० लाख मूल्य बराबरको क्षति भएको छ।
स्थानीय लोक बहादुर लिम्बुको भान्सा घरमा सुरु भएको आगोले उनको र बलबहादुर लिम्बुकोसमेत घर जलेको प्रहरीले जनाएको छ।
आगलागीका कारण दुवै घरमा भएको सम्पूर्ण सर–सामान जलेर नष्ट भएको छ।
प्रहरी र स्थानीवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।