विराटनगर– झापाको मेचीनगर नगरपालिका–६ शिलापथ्थर होटलबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ।
होटल सञ्चालक ४८ वर्षीय लक्ष्मीप्रसाद भट्टराई र भारतको दार्जिलिङ (बतासे) का ५५ वर्षीय खेमल मण्डललाई प्रहरीले पक्राउ गरेको हो।
होटलबाट लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा होटलमा चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
चेकजाँचका क्रममा १९ ग्राम ५ सय मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीको भनाइ छ। दुवै जनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ।
यसैगरी, सुनसरीको धरान उप–महानगरपालिका ८ भोटेपुलबाट लागुऔषधसहित स्थानीय ३७ वर्षीय विशाल विश्वकर्मा पक्राउ परेका छन्।
उनको साथबाट स्पास्मोप्रोक्सिभन लगायतका लागुऔषध र गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।