काठमाडौं– प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरी टोलीले शनिबार राति १३ जुवाडे पक्राउ गरेको हो।
प्रहरीले जुवा खालबाट १ लाख १९ हजार ८ सय रूपैयाँ, भारू २ हजार ५ सय र २ थान जुवा खेल्ने मेसिनको डिस्प्ले बरामद गरेको छ।
उक्त क्यासिनो काठमाडौं महानगरपालिका–२७ ज्याठा स्थित चाइनिज नागरिक फाङको लगानीमा सुनिल लामाको नाममा दर्ता भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।