काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले सालकको खपटासहित एक जनालाई टोखाबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–४ घर भएका २४ वर्षीय विकास बुढाथोकी छन्।
कालो साइड ब्यागमा सालकको खपडा बोकर हिँडिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनलाई कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।