काठमाडौं- काठमाडौंको लैनचौरस्थित म्हेपीमा आज बिहान गोली चल्दा करिब ३० वर्षका कल्याण गुरुङ घाइते भएका छन्।
बिहान ३:४५ बजेको समयमा स्कुटरमा सवार उनीमाथि गोली प्रहार भएको महानगरीय प्रहरी वृत्त लैनचौरका डिएसपी दीपक पोख्रेलले नेपाल लाइभलाई बताए। 'गोली चलेको जानकारीपछि अनुसन्धान गरिरहेका छौं। विस्तृत विवरण आउन बाँकी छ,' उनले भने। खुट्टामा गोली लागेका गुरुङलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।
गएराति ठमेलस्थित डिस्कोमा दुई समूहबीच विवाद भएको जानकारी आएको र सोही कारण घटना भएको हुन सक्ने उनले बताए। घटनामा संलग्न भएको आशंकामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।