काठमाडौं– माकलबारी बचत तथा ऋण सहकारी संस्थाको आठौं साधारणसभा सम्पन्न भएको छ।
साधारणसभाको उद्घाटन गर्दै काठमाण्डौं बचत तथा ऋण सहकारी संघका अध्यक्ष केशवप्रसाद दंगालले सहकार्यमार्फत सहकारीको विकास गर्नुपर्ने बताए।
सहकारी संस्थाहरू पारदर्शी हुनुपर्ने भन्दै उनले सहकारी सफल हुन सदस्यहरु सक्रिय हुनुपर्ने तर्क गरे।
गोकर्णेश्वर नगरपालीका-४ का वडाध्यक्ष श्रीकुमार श्रेष्ठले सहकारी नाफामुखी मात्र नभई सामाजिक काममा पनि ध्यान जान जरुरी रहेको बताए।
सहकारीका अध्यक्ष उदय सापकोटाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेस गर्दै हालसम्म संस्थामा २ करोड १३ लाख ४ सय ७३ करोबार भएको जानकारी गराए।
सहकारीको शेयरपूँजी ३२ लाख ४४ हजार २ सय, यस वर्षको नाफा १६ लाख २३ हजार ५ सय ७६ र ऋण लगानी १ करोड ६० लाख ७४ हजार ८ सय ६ रहेको उनले जानकारी दिए। संस्थामा हाल ३ सय ६८ जना सेयर सदस्य रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।