जनकपुर- प्रदेश २ को राजधानी जनकपुरमा नेपाल जेसिजको ४५औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ।
शनिबारदेखि जनकपुरधामको तिरहुतिया गाछीमा ‘हो हामी चम्किन्छौं, थप जिम्मेवारीका साथ’ भन्ने मूल नाराका साथ जेसिजको राष्ट्रिय महाअधिवेशन शुरु भएको हाे।
महाधिवेशनको उद्घाटन गर्दै पूर्व राष्ट्रपति डा रामवरण यादवले देश बनाउन सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनले देश संघियतामा गइसकेको बेला विकासलगायत अन्य कार्यहरु अझै मजबुतीका साथ अघि बढाउनुपर्नेमा जाेड दिए।
जेसिजले नेतृत्व कसरी गरिन्छ त्यो सिकाउने गरेकाले समाजका अन्य वर्गका व्यक्तिहरुले पनि यसबाट शिक्षा लिनुपर्ने बताउँदै डा यादवले भने, 'यसप्रकारको अधिवेशनले जनकपुरको पर्यटन प्रवर्द्धनमासमेत मद्दत पुग्नेछ।'
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ को विकास पर्यटकले मात्रै हुने भएकाले अन्य क्षेत्रमा समेत जोड दिए।
महाधिवेशनमा ७७ जिल्लाका जेसिजहरु सहभागि छन्। अधिवेशन पुष १० सम्म चल्ने छ।
अवेर रातिसम्म चलेको उद्घाटन सत्रमा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको थियो।
महाधिवेशनमा करीब दुई करोड भन्दा बढी खर्च हुने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।