जनकपुर- सिरहाकाे गोलबजार नगरपालिका-४ स्थित नेपाल टेलिकम टावरनजिकै प्रेसरकुकर बम फेला परेको छ।
टेलिकम टावरदेखि करीब डेढ सय मिटर दक्षिणमा शक्तिशाली प्रेसरकुकर बम फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। प्रहरीले दिएको जानकारी अनुसार बाहिर प्रेसरकुकर देखिए पनि घाँसभित्र राखिएकाले यकिन हुन सकेको छैन।
नेपाली सेनाको नयाँ गोरख गण, चोहर्वाबाट आएको बम डिस्पाेजल टोलीले बम निस्कृयकाे प्रयास गरिरहेकाे छ। घटनास्थलमा सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई तैनाथ गरिएकाे छ।
साे क्षेत्रमा अहिले आवतजावत बन्द गरिएको छ। बम भेटिएको ठाउँ नजिकै ‘स्वतन्त्र तराई निर्माण सेना’को पर्चा भेटिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।