रोल्पा- रोल्पाको लुङ्ग्री गाउँपालिका–४ सर्पामा शनिबार बेलुका भएको टिप्पर दुर्घटनामा परी चालकको मृत्यु भएको छ। रा२ख १३७९ नम्बरको टिप्पर दुर्घटना हुँदा चालक ३५ वर्षीय देवबहादुर बस्नेतको घटनास्थलमै मृत्यु भएको हो।
टिप्पर सडकबाट १५० मिटर तल खसेकाे थियो। मृतक चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–१६ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ।
रुइनिवाङ–सिर्प सडकखण्डमा बाटो विस्तारका लागि प्रयोग गरिएको उक्त टिप्पर सर्पा भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको बताइएको छ। सडक छेउमा माटो फाल्ने क्रममा उक्त टिपर भासिएर दुर्घटनामा परेको हो।
मृतकको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलीचौरमा ल्याइएको बताइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।