भक्तपुर- गुडिरहेको मिनी ट्रकबाट खसेर शनिबार सूर्यविनायक नगरपालिका-९, नंखेलका गणेश ब्यान्जुको मृत्यु भएको छ।
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक नगरपालिकाको नलिन्चाेकमा मिनी ट्रकको पछाडि बसेर यात्रा गरिरहेका ब्यान्जुको खसेर मृत्यु भएको महानगरीय प्रहरी वृत्त, जगातीका प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए।
प्रहरीले मिनी ट्रक र चालक भक्तपुर गोल्मढी बस्ने २५ वर्षीय मनिष खायमलीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको शर्माले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।