लन्डन (एजेन्सी)– अर्जेन्टिनी स्ट्राइकर सर्जियो अगुईरोले म्यानचेस्टर सिटीको इतिहासमा सर्वाधिक गोल गर्ने इरिक ब्रुकको ७८ वर्ष लामो कीर्तिमानलाई बराबरी गरेका छन्।
शनिवार राती बर्नले क्लबलाई ३–० ले पराजित गरेको खेलमा अगुईरोले ३० मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। सिटीको लागि हालसम्म ब्रुकले १ सय ७७ गोल गरेका थिए। बर्नले विरुद्ध गोल गरेपछि अगुईरोको पनि गोल संख्या ब्रुकको बराबरी हुन पुग्यो।
कार दुर्घटनामा रिब्स भाँचेका अगुइरो तीन साता विश्रामपछि मैदानमा उत्रिँएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।