रौतहट- नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य 'किरण' चढेको गाडी दुर्घटनामा परेका छ। शुक्रबार राति रौतहटको चन्द्रपुर नगरपालिका-१ पौराईमा अध्यक्ष वैद्य सवार गाडीले राजमार्गमा रोकिराखेको ट्रकमा ठक्कर दिँदा दुर्घटना भएको थियो।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख २८९५ नम्बरको ट्रक सो सडकमा रोकिरोखेको र सोही दिशाबाट आउँदै गरेको अटो मारुती ट्रकको पछाडिको भागमा ठोकिँदा दुर्घटना भएको बताइएको छ।
मारुतीमा सवार बाँके कोहलपुर नगरपालिकाका ४१ वर्षका वीरेन्द्र शाही तथा चालक सोही स्थानका मानबहादुर चदारा घाइते भएका छन्।
उनीहरुको चन्द्रनिगाहपुर हस्पिटलमा उपचार भइरहेको छ।
अध्यक्ष वैद्यको अवस्था सामान्य भएकाले शनिबार बिहान लहानतर्फ लागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।