राजविराज– नागरिकता किर्ते अभियोगमा प्रकाउ परि सप्तरी कारागारमा थुनुवा जीवन बिताइरहेका एक भारतीय नागरिकको मृत्यु भएको छ।
भारतको हरियाणा प्रदेशका ४५ वर्षीय सतीश अग्रवालको शुक्रबार साँझ मृत्यु भएको कारागारले जनाएको छ।
मुटुको समस्या र चिनी रोगका कारण थलिएका अग्रवालको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएको थियो।
सोही क्रममा उनको मृत्यु भएको जेलर सत्यनारायण यादवले जानकारी दिए।
सुनसरीको दुहबी निवासी अग्रवाललाई सप्तरी जिल्ला अदालतको आदेश अनुसार गत वैशाख २४ गते पुर्पक्षका लागि थुनामा पठाइएको थियो।
उनीमाथि गलत विवरण पेस गरी नेपाली नागरिकता लिएको विषयमा मुद्दा दर्ता भएको छ।
भारतीय नागरिक अग्रवालले सप्तरी सदरमुकाम राजविराज नगरपालिका–१ बाट वंशजका आधारमा नेपाली नागरिकता लिएको प्रहरीले जनाएको छ।
उनी विरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरीमा फागुन २३ गते परेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।