दाङ– तुलसीपुर नगरपालिका-३ मा भएको बस दुर्घटनामा मृत्यु हुने २३ मध्ये १२ जनाको सनाखत भएको छ।
सनाखत हुनेमा जुम्ला चंन्दननाथ गाउँपालिका ६ बस्ने १६ वर्षिया कुसुम रावल, घोराही उपमहानगरपालिका वडा नं ३ का मदन के.सी, शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षकहरू घोराही उपमहानगरपालिका वडा नं १७ का २८ वर्षीय प्रदिप घिमिरे र पूर्वी रुकुम भूमे गाउँपालिकाका २८ वर्षीय नरेश वली, दंगीशरण गाउँपालिका वडा नं १ का ३० वर्षीय सञ्जित रत्गैया, घोराही उपमहानगरपालिका वडा नं १४ का २७ वर्षीय विजय घर्ती, जाजरकाेट भेरीगंगा नगरपालिका ४ बस्ने १७ वर्षिय आतिस नेपाली, जुम्लाका हिकमत वाेहरा र कन्चनपुर खेमराज भट्ट, दाङको बबई गाउँपालिका ५ बस्ने २१ वर्षीया कविता खत्री, जुम्ला चन्दननाथ नगरपालिका ३ बस्ने १७ वर्षीय हिक्मत बोहरा, जुम्ला कन्कासुन्दरी गाउँपालिका ५ का २० वर्षीय बिरेन्द्र कडारा, जुम्ला हिमा गाउँपालिका ५ बस्ने १७ वर्षीया शैलजा शाही रहेका छन्।
उनीहरुकाे शव आफन्तले बुझेपछि सनाखत भएकाे हाे। बाँकीकाे सनाखत हुने क्रम जारी छ।
दुर्घटनामा १४ जना घाइते भएका छन्। घाइते सबैलाई दाङमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहपुर बाँके रिफर गरिएको छ। उनीहरुको कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख डिएसपी प्रेम शाहीले जानकारी दिए।
मृत्यु हुने र घाइते सवै घोराही १७ मा रहेको कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी हुुन्।
तुलसीपुर सल्यान सडक खण्डको तुलसीपुर उप-महानगरपालिका ३ राम्री भन्ने स्थानमा बस दुर्घटना भएको थियो। प्रहरीका अनुसार सडकबाट करिब ७ सय मिटर तल खसेको थियाे।
बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका स्टाफ गरि ३७ जना यात्रु रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।