जनकजुर– ७ वर्षअघि बाराका महेन्द्र चाैधरीलाई अपहरण गरी बन्धक बनाएकाे अभियाेगमा कलैया १२ का शिवलाई साह कानुलाई प्रहरीले शुक्रबार पक्राउ गरेकाे छ। साहलाई लुकिछपी बसेकाे अवस्थामा संघीय प्रहरी इकाई जनकपुरले पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ।
अभियुक्त साह लगायतका टोलीले २०६८ पुष १० गते भाेडाहाका महेन्द्र चाैधरीलाई अपहरण गरी बन्धक बनाएका थिए।
स्थानीयकाे सहयाेगमा प्रहरीले ३ दिनपछि चौधरीकाे उद्दार गरेकाे थियो। त्यसपछि फरार अभियुक्त साहविरुद्द अदालतले ४ वर्ष कैद सजाय र २५ हजार जरिवाना ताेकेकाे थियो। साहलाई कैद भुक्तानको लागी वीरगंज कारागार पर्सामा लगिएकाे प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।