क्याम्प नेउ (एजेन्सी)– लगभग दुई वर्षको अन्तरालमा आन्द्रेस इनिस्टाले गोल गरेपछि घरेलु बार्सिलोनाले मालागा विरुद्ध शनिवार राती भएको खेल २–० गोल अन्तरले जितेको छ।
इनिस्टाले सन् २०१५ मा पछिल्लो पल्ट रियल म्याड्रिड विरुद्ध ला लिगामा गोल गरेका थिए। गएराति उनले ५६ मिनेटमा लिओनल मेसीको पासमा गोल गरे।
मालागा विरुद्धको जितसँगै बार्सिलोनाले अंक तालिकामा ९ खेलबाट २५ अंक जोड्दै शीर्ष स्थान यथावत राखेको छ।
ला लिगामा २ वर्षपछि गोल हान्न सफल भए पनि इनिस्टाले च्याम्पियन्स लिगमा भने २०१६ को सेप्टेम्बरमा सेल्टिक विरुद्ध गोल गरेका थिए।
बार्सिलोनाका लागि पहिलो गोल गेरार्ड डेउलोफेउले गरे। उनले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गरेका थिए। जुन गाेल विवादास्पद बन्न पुग्याे। लुकास डिग्नेले टच लाईनभन्दा बाहिरबाट दिएकाे पासमा डेउलोफेउले गाेल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।