दाङ– तुलसीपुर नगरपालिका-३ मा भएको बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या २१ पुगेकाे छ भने १३ जना गम्भीर घाइते भएका छन्।
तुलसीपुर सल्यान सडक खण्डको तुलसीपुर उप-महानगरपालिका ३ राम्री भन्ने स्थानमा बस दुर्घटना भएको थियो। प्रहरीका अनुसार सडकबाट करिब ७ सय मिटर तल खसेको थियाे।
एकदमै भिरालो भएका कारण शव निकाल्नसमेत कठिन परेको छ। मृतकहरूकाे पहिचान हुन सकेको छैन।
कृष्णसेन इच्छुक पोलिटेक्निकल इन्स्टिच्युट घोराही दाङको बस शैक्षिक भ्रमणका लागि सल्यान पुगेर फर्कँदै गरेकाे बा४ ख ९७६६ नम्बरको बस दुर्घटना भएको हाे।
घाइते हुनेमा जुम्ला तातोपानि गाँउपालिका १४ का हिमाली हमाल, चन्दनाथ गाउँपालिका ३ बस्ने १६ वर्षीय कुशेन्द्र खत्री,घोराही उप–महानगरपालिका डा नं. १५ का १७ वर्षीया समीक्षा रोकाया,अछाम मंगलसेन नगरपालिकाका १८ वर्षीय बिक्रम भण्डारी, रुकुम त्रिबेणी गाँउपालिका ३ का १६ वर्षीय प्रेम बहादुर खड्का,घोराही उप–महानगरपालिका १९ स्यूजा १७ वर्षीय मेनुका रिजाल घाइते भएका छन्। घाइतेको नेपालगञ्ज रिफर गरिएको छ।
यस्तै जुम्ला चन्दनाथ गाँउपालिका २ का १७ वर्षीय जीवन भण्डारी,सोही गाउँपालिकाा ४ का १६ वर्षीय पर्सा रोकाया,अछाम मंलगसेन नगरपालिका १९ वर्षीय यूवराज ढुंगाना,र रुकुम सानोभेरी गाँउपालिका ३ का १६ वर्षीय रोजिना पुन गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय दाङले जनाएको छ दुर्घटनामा परि १३ जना पुरुष र ४ महिलाको शव प्रहरीले फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रेम शाहीले जानकारी दिए।
प्रहरीले घटना स्थलमा उद्धार कार्यजारी राखेको बताएको छ। प्रहरीका अनुसार बसमा ३४ जना विद्यार्थी, २ जना शिक्षक र १ चालक गरी ३७ जना चढेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।