लन्डन (एजेन्सी)– पहिलो पल्ट इंग्लिस प्रिमियर लिगमा उक्लिएको हुडर्सफिल्ड टाउनले ६५ वर्षको अन्तरालमा पहिलो पल्ट म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ।
शनिवार राती आफ्नो घरेलु मैदान जोन स्मिथ रंगशालामा भएको खेलमा हुडर्सफिल्डले २–१ गोल अन्तरले म्यानचेस्टरलाई पराजित गर्ने क्रममा जोसे माउरिन्होको अपराजित यात्रालाई विश्राम लगाएको हो।
लिगको नवआगन्तुक टोलीसँग पराजित भएपछि म्यानचेस्टर अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा ५ अंकले पछाडि पर्न पुगेको छ।
खेललाई ८० प्रतिशत नियन्त्रणमा राख्न सफल भए पनि म्यानचेस्टर पहिलो हाफमै २ गोलले पछाडि परेको थियो। डिफेन्डरको गल्तीका कारण अस्ट्रेलियन मिडफिल्डर आरोन मोयले २८ मिनेटमै पहिलो गोल गरेका थिए।
अर्को गोल ३३ मिनेटमा लरेन्ट डिपोइट्रेले गरे। म्यानचेस्टरले ७८ मिनेटमा एक गोल फर्काएको थियो। म्यानचेस्टरका लागि मार्कुस रासफोर्डले गोल गरे। म्यानचेस्टर लिगको अंक तालिकामा २० अंकका साथ दोस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।