इटहरी– सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, शिवगञ्ज टोलमा बिसिजी खोप लगाउँदा २८ दिनका एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय शिवु खत्वेका छोरा शिवम रहेका छन्।
एक महिना भित्रमा लगाउनुपर्ने बिसीजी खोप लगाएको केही घण्टामै उनी बेहोस भएका थिए।
लगत्तै उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको वडा नं ३ का वडाध्यक्ष सुकदेव यादवले जानकारी दिए।
यादवका अनुसार उनीसँगै अरु ४ जना बालबालिकालाइ पनि खोप लगाइएको तर उनीहरुमा त्यस्तो केही समस्या देखिएको छैन।
मृतक शिवमको विपी कोइराला श्यथ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टम गरिएको छ।
तर, पोसटमार्टमको रिपोर्ट आइतबार मात्र आउने भएकोले यसै भन्न नमिल्ने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए। खोप लागाएको केही समयमै उनको मृत्यु भएकोले त्यसैको कारण बालकको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको उनको भनाइ छ।
उता विराट मेडिकल कलेज विराटनगरका बाल रोग विशेषज्ञ डाक्टर चन्द्र भुषण झाका अनुसार बिसिजी खोपकै कारण मृत्यु भएको हुनसक्ने सम्भावना हुँदैन।
बिसिजी खोप लगाएको केही समय सामान्य ज्वरो आउनु स्वभाविकै हो। तर मृत्यु नै हुनसक्ने सम्भावना नरहेको उनको भनाइ छ।
बालक अन्य कुनै रोगबाट ग्रसित भएर एकदमै कमजोर भएको अवस्थामा दुखाइ खप्न नसकेर मृत्यु भएको हुनसक्ने उनी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।