राजविराज– सप्तरीको कञ्चनरुप नगरपालिका– १२ स्थित रुपनगरमा छ दिनसम्म सञ्चालन भएको निःशुल्क आँखा शिविरबाट करिब ३ हजार १ सय ६६ जनाको आँखा परिक्षण गरिएको छ।
कृति सामुदायिक स्वास्थ्य उपचार केन्द्र कञ्चनरुपको आयोजना तथा तिलगङ्गा आँखा प्रतिष्ठानको सहयोगमा सञ्चालित उक्त शिविरमा १ हजार २५ जनामा मोतीयाबिन्दु भेटिएको र सबैको निःशुल्क शल्यक्रियासमेत गरिएको उपचार केन्द्रका प्रमुख डा नरेश शर्माले बताए।
शिविरमा छालाका बिरामीको समेत उपचार गरिएको छ। शिविर अवधिभरि ४ सय छालारोगका बिरामीले उपचार पाएका छन्। निःशुल्क रुपमा औषधिसमेत वितरण गरिएको स्थानीयवासी उत्तम आचार्यले बताए।
गत मंसिर २९ गतेदेखि यही पुस ५ गतेसम्म चलेको शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंका विशेषज्ञ डाक्टर र सिङ्गापुरका विशेषज्ञ डाक्टरद्वारा बिरामीको उपचार गरिएको थियो।
नगर प्रमुख वसन्त कुमारले शिविरको अनुगमन गरी बिरामीको अवस्थाबारे जानकारी लिएका थिए।
पूर्व डिआइजी डा प्रेमलाल श्रेष्ठको पहलमा आँखा शिविर सञ्चालन गरिएको आयोजक समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।