दाङ– तुलसीपुर नगरपालिका-३ मा भएको बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या १० पुगेकाे छ। मृत्यु हुनेमा १ महिला र ९ पुरुष रहेको प्रहरीले जनाएको छ।तुलसीपुर सल्यान सडक खण्डको तुलसीपुर उप-महानगरपालिका ३ राम्री भन्ने स्थानमा बस दुर्घटना भएको थियो।
दुर्घटनामा ३ महिला र १ पुरुष घाइते भएकाे र उनीहरूलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याइएकाे छ।
राप्ती प्राविधिक शिक्षालयका विद्यार्थीको अवलोकन भ्रमणबाट फर्कँदै गरेको बा४ ख ९७६६ नम्बरको बस दुर्घटना भएको हाे।
बसमा ९ जना महिला र २१ जना पुरुष रहेको प्रहरीले बताएको छ। घटनामा २ जना गम्भीर घाइते भएको र थप विवरण आउन बाँकी रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।