भरतपुर- चितवनको रत्ननगर नगरपालिकाले ७५ वटा गाईभैंसीलाई सुत्केरी भत्ता दिएको छ। साउन र भदौ महिनामा ब्याएका गाईभैंसीलाई बिहीबार सुत्केरी भत्ता दिइएको हो।
रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले पशुपालक किसानलाई सुत्केरी भत्ता स्वरुप जनही रु ५ सय वितरण गरेका हुन्।
सुत्केरी पशुलाई पौष्टिक आहार खुवाउन रत्ननगर नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा रु २० लाख बजेट विनियोजन गरेको थियो। सुत्केरी भत्तास्वरुप वितरण गरिएको रकम पर्याप्त नभएकाले आगामी वर्ष त्यसलाई वृद्धि गरिने नगरप्रमुख वनले जानकारी दिँदै किसानलाई पशुपालनका लागि प्रोत्सहान र पशुको सम्मानका लागि भत्ता वितरण गरिएको उल्लेख गरे।
नगरका वडा नं १, ४, ६, ७, ८ का ४१ र झुवानीका ३२ किसानले पालेका ३४ सुत्केरी पशुलाई भत्ता दिइएको नगरपालिकाका पशुपछी शाखा प्रमुख शालिग्राम पौडेलले जनाकारी दिए।
रत्ननगरमा वार्षिक ६ हजार गाईभैंसीमा कृत्रिम गर्भाधान हुने गरेकामा करिब २ हजार गाईभैंसी ब्याउने गरेको उनको भनाइ छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।