काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहको राजनीतिक सक्रियता पछिल्लो समय बढेको छ। चार दिनअघिदेखि पोखरामा रहेका शाहले राप्रपा नेपालका अध्यक्ष कमल थापासँग शुक्रबार बिहान ‘ब्रेक फास्ट’मिटिङ गरेका हुन्।
भेटका क्रममा शाहले पूर्वपञ्चहरुको पार्टी एकताको क्रम कहाँ पुगेको भनी जिज्ञासा राखेका थिए। पूर्वपञ्चका पार्टीहरुलाई एकता गर्नका लागि सुझाव दिएको भेटमा सहभागी एक नेताले बताए।
साथै, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सहकार्य गरी अघि बढ्न पूर्वराजाले राप्रपा नेपाललाई सुझाव दिएका थिए। शाहले एक घन्टा थापासँग भेटेका थिए।
पार्टीको राजनीतिक प्रशिक्षणका लागि पोखरामा रहेका थापासँग शाहको भेट भएको हो। एक साताको लागि पोखरामा रहेका शाहपत्नि कोमल सहित पोखरामा छन्।
पोखरा भ्रमणमा रहेका शाहको राजवादीहरुले पोखरामा गत सोमबार स्वागत गरेका थिए। शाहलाई एयरपोर्टमा स्वागत गर्न राजावादीको भिड लागेको थियो।
उनको स्वागत उपस्थित भएको भिडले गणतन्त्र विरोधी नारा लगाएका थिए। राष्ट्रिय झन्डा बोकेर उपस्थित राजावादीले संघीयता खारेज गर्न, हिन्दुराष्ट्र कायम गर्न माग गर्दै नारा लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।