चितवन– पुरानो मेडिकल कलेज (सिएमएस) भरतपुरले डायलासिसका थप ५ वटा आधुनिक मेसिन सञ्चालनमा ल्याएको छ। अस्पतालमा मिर्गौला रोगीको चाप अत्यधिक बढ्दै गएका कारण पुरानो मेडिकल कलेजमा डायलासिसका ५ वटा मेसिन थप गरिएको हो। थप मेसिनसहित अब अस्पतालमा कुल १३ वटा डायलासिसका मेसिन सञ्चालनमा आएका छन्।
कलेजका जनसम्पर्क तथा बजार विभाग प्रमुख दुर्गाप्रसाद न्यौपानेले मिर्गौलाका बिरामीको चाप बढेपछि जर्मनीबाट ५ वटा फ्रेसनेस डायलासिस मेसिन ल्याइएको बताए। उन भने, ‘दुई वटा मेसिन मर्मतमा रहेको हुनाले अब पुरानो मेडिकल कलेजमा १५ वटा डायलासिस मेसिन सञ्चालनमा आउने छ।’
पुरानो मेडिकल कलेजमा हाल दैनिक ३२ जनाले निःशुल्क डायलासिस गरिरहेका छन्। मेसिन थप भएर सञ्चालन गरेपछि दैनिक ४५ जनाको मिर्गौला डायलासिस गर्न सकीएको कलेजले जनाएको छ।
पुरानो मेडिकल कलेज २३ वर्षअघि भरतपुरमा स्थापना भएको मुलुककै पुरानो कलेज हो। सर्वसाधारणलाई सुलभ रुपमा गुणस्तरीय सेवा उपलब्ध गराउने हुनाले यसमा बिरामीहरुको चाप समेत बढ्दै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।