काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता घनश्याम भुसालले जारी स्थायी कमिटी बैठकमा धेरै समयपछि सबै सदस्यहरुले दिल खोलेर आफ्ना विचार प्रस्तुत गरेको बताएका छन्।
नेकपा पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटीको जारी बैठकबारे बोल्दै नेता भुसालले पार्टीभित्र लामो समयपछि मात्रै जिवन्त छलफल भएको प्रतिक्रिया दिएका हुन्।
उनले सरकार र पार्टीबारे बैठकमा उठेका प्रसस्तै प्रश्नहरु राम्रोसँग समाधान गरेर जानुपर्नेमा जोड दिए। बैठकमा उठेका प्रश्नहरुले समाधान गरेर अघि बढे मात्रै ठूलो शक्तिका साथ अगाडि बढ्न सहज हुने नेता भुसालको तर्क छ।
बैठकमा सरकार र पार्टी सञ्चालनबारे उठेका प्रश्नहरु समाधान हुनेमा पनि नेता भुसाल ढुक्क छन्। उनले नेतृत्वले राम्रो गर्छ भनेरै नेतृत्वलाई मानेको हुदाँ बैठकमा उठेका विषय समाधान हुने विश्वास व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।