काठमाडौं– महानगरीय प्रहरी वृत्त महाराजगञ्जले चोरीका सामानसहित ४ जना चोरलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काभ्रेको फुलबारी चोक घर भई नयाँबजार काठमाडौं बस्ने १६ वर्षीय प्रजव्ल तामाङ, मकवानपुरको पालुङ घर भई स्वयम्भू बस्ने १५ वर्षीय राजिब देउला, रामेछाप घर भई क्षेत्रपाटी बस्ने १५ वर्षीय अनिल तामाङ र दोलखाको सिंगटी घर भई पकनाजोल बस्ने १६ वर्षीय निमा तामाङ छन्।
काठमाडौं पानीपोखरीमा संकास्पद तरिकाले हिंडडुल गरेका बेला उनीहरुलाई सोधपुछ गरेपछि प्रहरीले उनीहरुको साथबाट चोर्न प्रयोग गर्ने समान बरामद भएको थियो।
प्रहरीले क्षेत्रपाटीबाट अनिल तामाङको कोठाबाट चोरी भएका सामान समेत बरामद गरेको छ। ६६ हजार ५ सय ७५ रुपैयाँ, ल्यापटप ३ थान, आइफोन १ थान र अन्य मोबाइल ८ थान, ढलोटको मूर्ति १ थान, सनको औठी १ वटा, तिलहरी १ थान, पाउजु २ थान, चाँदीको चुरा ३ थान, चाँदीको औंठी २ थान, चाँदीकै सिक्री १ थान, घर फोर्ने औजार ५ थान, ६ थान लेडिज ब्यागलगायतका सामानहरु बरामद गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।