बाँके– टिप्परको ठक्करबाट बिहीबार बर्दियाको बढैयाताल–८ कण्ठपुर चोकमा एक जनाको मृत्यु भएको छ।
नेपालगञ्जबाट तारातालतर्फ जाँदै गरेको भे१क ९८८ नम्बरको टिप्परको ठक्करबाट बढैयाताल गाउँपालिका–८ मयुँर बस्तीका ६० वर्षीय मोतिलाल चौधरीको मृत्यु भएको हो। घरतर्फ फर्किंदै गरेका उनको तीव्र गतिमा आएको सो टिप्परले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए।
शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ। चालक गेरुवा गाउँपालिका–३ का ३५ वर्षीय सुनील चौधरीलाई इलाका प्रहरी कार्यालय मैनापोखरले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक सुरेन्द्र मैनालीले बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।